काठमाण्डौ । पोखरामा जारी १९ औँ आहा रारा गोल्डकप फुटबलअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छन् । पहिलो सेमिफाइनल खेलमा आज एपीएफ क्लब र संकटा क्लबबीचको खेल हुँदैछ । खेल दिउँसो ३ बजेपछि पोखरा रङ्गशालामा सुरु हुनेछ ।
एपीएफले आयोजक सहारा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो भने संकटाले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा आयोजक सहारा र विदेशी अफ्रिकन रुट एसोसियसनको टोलीसहित ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खेल आउँदो शनिबार हुनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com