काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको बुधबारको सेमिफाइनलमा संकटा क्लब एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबसँग २–० गोलको हारसँगै एपिएफ बाहिरिएको हो ।
खेलको पहिलो हाफको ३३ औं मिनेटमा संकटाका सुवास गुरुङले गोल गरी टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९० औं मिनेटमा संकटाकै आशिष राईको पासमा ग्लोरीले अर्को गोल थपेर जीतलाई झनै सुनिश्चित बनाए ।

खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ बने । बिहीबारको अर्को सेमिफाइनल खेल नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच हुनेछ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com