बिमा समितिको पुर्व स्विकृर्तिबिना बिमा कम्पनीलाई हकप्रद सेयर ननिकाल्न निर्देशन

२५ चैत्र २०७७, बुधबार ११:३३

काठमाडौँ । बिमा कम्पनीले मनपरी रुपमा हकप्रद सेयर निष्कासन गर्न थालेपछि निर्देशन बिमा समितिले आफ्नो पुर्व स्विकृर्तिबिना हकप्रद शेयर निष्कासन गर्न रोक लगाएको छ । मंगलबार बिमा समितिले बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई बिमा समितिको पूर्वस्वीकृतिबिना हकप्रद सेयर निष्कासन नगर्न निर्देशन दिएको हो ।

बिमा कम्पनीहरूमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त निर्देशन दिइएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । यसअघि यस्तो व्यवस्था थिएन । बिमा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय र साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन गर्न पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार अब बिमा कम्पनीले हकप्रद सेयर निष्कासनसम्बन्धी विषय सञ्चालक समितिबाट निर्णय भएर साधारणसभामा लैजानुअघि बिमा समितिबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ । समितिबाट अनुमति पाएपछि मात्र कम्पनीले उक्त प्रस्ताव साधारणसभामा पेस गर्नुपर्नेछ ।

आफ्नो कार्यक्षेत्रअन्तर्गतका कम्पनीलाई सेयर निष्कासन अनुमति प्रदान गर्नुअघि बिमा समितिबाट अनुमति लिए, नलिएकोबारे सोधखोज गर्न पनि धितोपत्र बोर्डलाई भनिएको छ । समितिले सोमबार पत्र लेखेर बोर्डलाई उक्त आग्रह गरेको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.