चलचित्र ‘घिन्ताङ’मा केकी अधिकारी अनुवन्ध


काठमाडौं । चलचित्र ‘घिन्ताङ’मा नायिका केकी अधिकारी अनुवन्धित भएकी छिन् । तोकिएको समयमा छाँयाङ्कन सुरु हुन नसक्दा यसअघि अनुवन्धित नायिकाले चलचित्रबाट हात झिकेपछि नायिका केकी अधिकारीलाई उक्त चलचित्रमा अनुवन्ध गरिएको हो ।

कोरोनाका कारण पुरानै लयमा फर्कन ननसकेको चलचित्र जगत कोरोनाको जोखिमकै विचमा एकाध कामहरु भने भइरहेका छन् । कोरोनाकै कारण तोकिएको मितिमा छाँयाकंन रोकिएको चलचित्र ‘घिन्ताङ’ वैशाखको ६ गतेबाट छायांकन सुरु हुँदै छ ।

यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, उक्त चलचित्रका निर्देशक दीपक श्रेष्ठलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय सरेको थियो । जसका कारण चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडे ।

नायिका एलिजा गौतमले यो चलचित्रमा छाडेपछि दीपकले नायिका लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए ।
सरस्वती पूजाको दिन शुभसाइत गरिएको चलचित्रको छायांकन सुरु हुन नसकेपछि लक्ष्मीले पनि हात झिकिन् । लक्ष्मीले अर्को चलचित्र ‘अनन्त’को छायांकन मितिसँग यसको छायांकन मिति जुधेपछि चलचित्र छाडेको बताएकी छिन् ।

दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन् । दीपकका अनुसार, पनौती वरपर चलचित्रको छायांकन गरिने उनले बताएका छन् ।

चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ । ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope