झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।
घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँको भनाइ छ । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
(रासस)

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com