संसद्लाई काम गर्न नदिएको भन्दै प्रचार गरियो : लालबाबु पण्डित


काठमाडौँ । नेकपा एमालेका सांसद् लालबाबु पण्डितले एकतर्फी रूपमा संसद्को काम नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद् पण्डितले संसद्मा बाधा अवरोध छन् भने जानकारी हुनुपर्ने होइन भने एकतर्फी संसदको काम नहुने भनाई राखे ।

पण्डितले भने,’एकतर्फी रूपमा सरकारले काम दिएन अनि एकतर्फी रूपमा जनताको समस्या संसद् र सरकारले बुझ्न सकिएन भने के हुन्छ ? त्यो पूर्वाग्रह बाहेक केही हुँदैन । ’
उनले सातौं अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका बताए । कतिपय सन्धि सम्झौता अनुमोदनका निम्ती पर्खिरहेको स्थिति छ,’ उनले भने,’दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन विधेयकको रूपमा अहिले पर्खेर बसिरहेको छ । सवा लाखभन्दा बढी युवाहरू कुरिरहेका छन् र आँसु झारिरहेका छन् ।’

संघीय निजामती सेवा विधेयक लामो समयदेखि सदनमा रहेको पनि उनले बताए । विभिन्न समितिले संसद्मा प्रतिवेदन पठाइरहे पनि सरकारले संसद्लाई काम गर्न नदिएको भन्दै प्रचार गरिएको उनको भनाई थियो ।

उनले संसद्मा आएका आसा भरोसाका विधेयक अगाडि बढाउने काममा कसैले नरोकेको बताए । पूर्वाग्रह हटाउनेको अगुवाइ सभामुखले लिनुपर्ने भनाई राखे । सरकारका मन्त्री र प्रधानमन्त्री र संसद्लाई दोष दिएर उम्किन पाउने स्थिति नभएको उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope