सिंगटी हाइड्रोको आईपीओ दुई लाख ६९ हजार ७ सयलाई बाँडियो


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारे ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन् ।

कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण छ ।
आईपीओको नतिजा मेरोशेयर, सिडीएसले आईपीओ नतिजाको लागि तयार पारेको नयाँ वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode