एकसिंगे गैंडा संख्या बढ्यो

२८ चैत्र २०७७, शनिबार २२:१९

काठमाडौँ । नेपालमा एकसिंगे गैंडाको संख्या बढेको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा एकसिंगे गैंडाको संख्या बढेकको पाइएको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा रहेकोमा हाल बढेर ७ सय ५२ पुगेको हो ।

सन् २०१५को तुलनामा १ सय ७ वटा गैंडा नेपालमा बढेको प्रकृति संरक्षण कोषका प्रवक्ता एवं गैंडा विज्ञ नरेश सुवेदीले इकान्तिपुरलाई बताए । गैंडा गणना २०७७ अनुसार चितवनमा गैंडाको संख्या ६ सय ९४, शुक्लाफाटामा १७ वटा, बर्दियामा ३८ वटा र पर्सामा ३ वटा गैंडा रहेको सुवेदीले जानकारी दिए । बर्दियामा चैत १७ र शुक्लाफाँटामा १९ गतेबाट गणना सुरु भएको थियो ।

गैंडा गणनामा दुई सय जनाजति कर्मचारी, प्राविधिक र पशु स्वास्थ्यकर्मीहरू जुटेका थिए । गैंडाको मुख्य बासस्थल चितवन निकुञ्ज भए पनि पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पाइन्छन् । चितवनबाट बर्दिया र शुक्लामा स्थानान्तरण गरेर गैंडा लगिएको थियो ।
यस वर्ष गैंडा गणनाका क्रममा एक जना गणकको बाघको आक्रमणबाट मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.