शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित


ललितपुर । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई विहिबार प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताउनुभयो ।    
    
कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गर्नुभयो । हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यस पटकलाई परोपकारी साइकल यात्रा समापन भएको बताउँदै १२ सय किलोमिटरको साहसिक तथा एकल यात्रा गर्ने देवेन्द्रको प्रशंसा गर्नुभयो । सो अवसरमा हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र, संस्थाका सल्लाहकारहरू शङ्कर कोइराला, विजय राजभण्डारी, साइकल यात्री देवेन्द्र र संस्थाकी सचिव लता घिमिरेले आ–आफ्नो धारणा राख्नुभयो ।    
(रासस)  


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope