स्वास्थ्य शिविर सम्पन्न


सिमकोट ।  हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थय शिविर शुक्रबार सम्पन्न भएको छ । वडा एकदेखि पाँचसम्म रहेको गाउँपालिकामा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ को भिडियो एक्सरे र ६६ लाई इम्प्लान्ट सेवा प्रदान गरिएको थियो ।

गाउँपालिकाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिनुभयो । वडा एक लाली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ गर्भवती, इम्प्लान्ट १३, वडा दुई र तीन थाली, राया स्वास्थ्य चौकीमा भिडियो एक्सरे २५, इम्प्लान्ट सेवा २९ लाई प्रदान गरिएको छ ।    
    
शिविरमा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट खटिएका डाक्टर डियर गजमेर र सिनियर अनमी सरिता बोहराले गाउँमै पुगेर सेवा प्रदान गर्नुभएको थियो । साथै शिविरमा महिलाको पाठेघर, गर्भवती, परिवारनियोजनको अस्थायी साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको शिविरमा खटिएका सिनियर अनमी बोहराले जानकारी दिनुभयो ।

(रासस)       


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope