१९ औं आहा रारा गोल्डकपको उपाधि संकटा क्लवलाई


कठमाडौं । १९ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा टाइब्रेकरमा अफ्रिकन रूट्स एसोसिएसनलाई ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक उपाधि उचालेको हो ।

निर्धारित समयमा १–१ को बराबरी पछि अतिरिक्त ३० मिनेट समय थपिएपनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
संकटाका लागि अमित तामाङ, सुवास गुरूङ, नीरज बस्नेत र आयुष घलानले गोल गरे । अफ्रिकन रूट्सका के यानिक र रिमले मात्रै गोल गरे ।
पहिलो हाफको १० औं मिनटमा अफ्रिकन रूट्सका बास्सेकले गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५० औं मिनटमा संकटाका लागि विदेशी खेलाडी ग्लोरीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope