पर्सामा खनाल–नेपाल समूहको समानान्तर कमिटी गठन


काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पर्सामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र घनश्याम भुसालको उपस्थितिमा शनिबार वीरगन्जको भिसुवा होटलमा आयोजना भएको कार्यकता भेलामा बालगोपाल थापाको नेतृत्वमा एक सय ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले पार्टीलाई बलियो बनाउन राष्ट्रव्यापी अभियान थालिएको बताए । प्रेस संगठन पर्साले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यो अभियानले छरपस्ट रहेका कार्यकर्तालाई एकतावद्ध गर्ने बताए ।

उनका अनुसार जब पार्टीमा संकट देखाप¥यो, पार्टी विधि अनुसार चलेन । पार्टीमा मनपरितन्त्र हाबी भएर सबै सिस्टम भक्तिन थालेपछि गलत प्रवृत्ति अन्त्य गर्ने अभियान थालिएको उनले बताए । आफ्नो पक्षका अध्यक्ष र पदाधिकारीलाई हटाउँदै गरेकोमा आफूहरुले प्रत्येक जिल्ला, नगरपालिका, गाउँपालिका र वडामा संगठन बनाउन थालेको बताए ।

महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई सानो गुटको भेला बोलाएर आफ्नो पक्षमा नभएकालाई पद र जिम्मेवारी खोसिदिने काम भएको उनले बताए । आफूहरु दलको विधानले बाधिएको र अहिले आफूहरुको बहुमत नभएको स्पष्ट पारे । बहुमत नभएकाले सबै प्रतिपक्षी मिलेर सरकार बनाउन खोजेमा नबनाउ भन्न नमिल्ने उनले बताए ।  


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode