नागार्जुन जंगलमा डढेलो

२९ चैत्र २०७७, आईतवार १७:११

काठमाडौँ । नागार्जुन जंगलमा आइतबार बिहानदेखि भीषण डढेलो लागेको छ । स्थानीयका अनुसार आइतबार बिहान ७ बजेदेखि डढेलो लागेको हो । माथिल्लो जंगली भेगमा लागेको डढेलो नियन्त्रणमा आउन लागे पनि अहिले डढेलो फेंदतिर रहेका बस्तीतिर फैलिएको छ । डढेलो नियन्त्रणको प्रयास जारी छ ।
डढेलो निभाउन सेना, प्रहरी, महानगरपालिका कर्मचारी लगायत खटिएका छन् । जंगलको डढेलो निभाउन सेनाको दमकलका साथै हेलिकप्टर प्रयोग गरिएको छ ।
सैनिक मुख्यालयका अनुसार सेनाका तीनवटा दमकल डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा रहेको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.