राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने


काठमाडौँ । सोलुखुम्बुमा राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ ।

‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा पुरुषलाई गाउँस्तरीय र महिलालाई जिल्लास्तरीय तहबाट सहभागी गराइने छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विभूति पासाङ ल्हामु शेपा स्मृति कप आयोजक समितिका संयोजक जाङबु शेर्पाले खेलकूदका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार पुरस्कार तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेजर र सटरको छनोट गरी उपहार दिइने छ । कार्यक्रममा समाजिक विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सम्मानसमेत गरिने जनाइएको छ ।
(रासस)  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope