सेयर बजारमा नयाँ रेकर्ड कायम


काठमाडौं । साताको पहिलो कारोबार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । समग्रमा बजार बढ्दा नेप्से परिसूचकले इतिहास रचेको छ । आइतबार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २ हजार ६ सय ९१ दशमलव ५५ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

नेप्से परिसूचक बढे पनि सबै कम्पनीहरुको सेयर मूल्य भने बढेको छैन । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने केही समूहका सबइन्डेक्स बढेका छन् भने केही घटेका छन् ।
सोमबार सबैभन्दा धेरै बढ्नेमा भने लघुवित्त समूह देखिएको छ । यो समूहको सबइन्डेक्स ३.६४ प्रतिशतले बढेको छ । अधिकांश लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य बढेको छ । कारोबार रकम तथा कारोबार संख्याका आधारमा हेर्दा पनि लघुवित्त संस्थाहरु नै अगाडि देखिएका छन् ।

सबैभन्दा धेरै कमाउनेमा सोमबार अधिकांश लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । केही कम्पनीहरुको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि करिब सर्किट लेभलमा नै कारोबार भएको छ ।

पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको पुँजी वृद्धिको बहस सुरु भएको छ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले पाँच गुणासम्म पुँजी वृद्धि भए पनि आपत्ति नहुने बताएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope