खुलामञ्चबाट बसपार्क एक हप्ताभित्र बसपार्क हटाइने


काठमाडौं । खुलामञ्चबाट बसपार्क सर्ने भएको छ । लामो समयसम्म खुलामञ्च अतिक्रमण गरेर बसपार्क राखेको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र पार्किङ सार्न लागेको हो ।

खुलामञ्च खाली गर्न महानगरपालिकाले शहरभित्र चल्ने बसहरुलाई रत्नपार्कमा ‘पिक एन्ड ड्रप’ प्रणालीमा फन्को मार्न दिने तयारी गरेको छ । पुरानो बसपार्कबाट छुट्ने लामो दूरीका बसहरु भने नयाँ बसपार्क, कोटेश्वर वा सो भन्दाबाहिरबाट छुटाउने तयारी छ ।

खुलामञ्चमा वीर अस्पतालको भवन निर्माणका क्रममा ठेकदारले बनाएको संरचना पनि हटाइनेछ । अहिले काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, खोटाङ, ओखलढुंगा लगायतका क्षेत्रमा जाने बसहरु खुलामञ्चको बसपार्कबाट छुट्छन् । यी बसहरु अन्य स्थानको बसपार्कबाटै छुटाउने योजना महानगरको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode