कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

उनले नेपालमा कोरोना संक्रमणको जोखिम भएतापनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास गरिरहेको बताए । ‘एक वर्षको अनुभव, तयारी र पूर्वाधार रहेको भन्दै त्यसलाई प्रभावकारी बनाइ बन्दाबन्दी हुन नदिने भन्ने प्रयत्न रहेको उनको भनाई छ ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएकाले एन्टिजेन परीक्षणहरु बढाएको बताए ।

उनले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको जानकारी दिए । उनले भाइरसको नयाँ भेरिएन्टहरु देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले बढी जोखिम देखिएको बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode