नयाँ वर्षमा पूर्वराजाद्वारा नँयावर्षको सुभकामना सन्देश : फुटेर होइन जुटेर अघि बढौं

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नँया वर्ष २०७८ सालको उपलक्षमा सुभकामना दिँदै राजनीतिक नैतिकता सबैमा हुनुपर्ने बताएका छन् । नयाँ वर्षको शुभकामना सन्देश जारी गरी पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका हुन् ।
‘यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्वन्दको अन्त हुनुपर्ने र समन्वय, सामञ्जस्य पनि रहनुर्ने सुभकामना सन्देशमा उल्लेख गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै पूर्वराजा शाहले हरिद्वारबाट जारी गरेको शुभकामना सन्देशमा अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र परनिर्भरता त्याग्नुपर्ने आवश्यकता पनि औल्याएका छन् ।
हरेक नयाँ वर्षमा सुख, सम्मुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा रहे पनि समय वित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै गएको बताएका छन् ।
शाहले राजनीतिक दल, सरकार र नागरिकलाई नेपाललाई सबै मिलेर जोगाउनुपर्ने, सर्वसाधारणहरुको जीवनस्तर उकास्नुपर्नेमा जोड दिनुपर्ने सुझाव दिएका छन् । पूर्वराजा शाहले फुटेर होइन जुटेर अघि बढ्न आह्वान गरेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस