गुल्मीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

३१ चैत्र २०७७, मंगलवार १६:३०

काठमाडौं । गुल्मीमा नुहाउने क्रममा डुबेर दुईजना बालकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–३ सिर्सेनीमा दुई बालकको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

मृत्यु हुनेहरुमा मदाने गाउँपालिका–१ अग्लुङका ५ बर्षका सुमन विक र प्युठान गौमुखी गाउँपालिका–५ खुँगका ८ बर्षका गोविन्द विकको रहेका छन् । बिहान साढे ११ बजे स्थानीय पनाह खोलाको दहमा नुहाउने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।

पनाहाखोलाको ढाडको रह भन्ने स्थानमा नुहाउने क्रममा पानीमा डुबेका उनिहरुलाई बेहोस अवस्थामा आफन्तले फेला पारी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्कोटदह लेजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल तम्घास लगिएको रहेको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिए । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.