स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाऔँ : मुख्यमन्त्री भट्ट


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस सङ्क्रमणको महामारीबाट प्रदेश अझै मुक्त हुन नसकिरहेको अवस्थामा तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गर्नुभएको छ ।

‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशवासीलाई आज दिनुभएको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशवासीका घरघरमा उत्साह, उमङ्ग, उन्नति, प्रगति, सुख शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्ष आरम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा मात्र मनाइने ‘बिसु’ पर्व आज उल्लासपूर्वक मनाइँदै छ ।
रासस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope