गण्डकीका मुख्यमन्त्रीविरुद्ध बिहिबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले (राजमो) निर्णय गरेसँगै गण्डकी सरकार ढल्ने निश्चित भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् । विपक्षी पार्टीले निर्णायक रहेको राजमोको पनि समर्थन खोजेका थिए । तर केन्द्रबाट कुनै निर्देशन र निर्णय नआएको भन्दै राजमो सांसदले निर्णय नदिँदा सरकारविरुद्ध उभिएका पार्टी आफ्नो अभियानमा रोकिएका थिए ।

राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टी अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् । तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रस्ताव दर्ता हुन्छ ।

तर सकभर सबैजनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदलाई बोलाइएको हो । (बिहीबार) मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नेगरी छलफल चलाएका जानकारी दिँदै सांसदलाई बोलाएको कांग्रेस वार्ता टोलीका संयोजक सांसद कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार त्यसअघि सर्वदलीय बैठक बस्ने तयारीमा दलहरु छन् । केसीले मुख्यमन्त्री गुरुङले प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्री केपी ओलीको साथ दिएकाले उनीविरुद्ध आउने अविश्वास प्रस्तावको समर्थन गर्ने जनाएका हुन् ।

गण्डकीमा मुख्यमन्त्री कांग्रेसले पाउने पक्का भएको छ । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच यो विषयमा मंगलबार छलफल भएर टुंगिएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope