गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य


काठमाडौं । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode