दिल्लीमा हप्तामा दुई दिन कर्फ्युको घोषणा


काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा हरेक हप्ताको २ दिन कफ्र्यु लगाउने घोषणा गरेका छन् ।
बिहीबार केजरीवाललले कोरोना भाइरस (कोभिड–१९)को चौथो लहर गम्भीर देखिएको भन्दै हरेक हप्ताका शनिबार र आइतबार कफ्र्यु लगाउने निर्णय लिनुपरेको उल्लेख गरेका छन् ।

दिल्लीमा कोरोनाको संक्रमण पनि बढ्दो क्रममा रहेको उनको भनाइ छ । यद्यपि दिल्लीका अस्पतालमा भने बेडको कमी नभएको केजरीवालले बताएका छन् । उनका अनुसार अहिले दिल्लीका अस्पतालहरुमा पाँच हजारभन्दा धेरै बेड उपलब्ध रहेका छन् । उनले अस्पतालमा बेडको संख्या बढाउने प्रयास पनि आफूहरुले गरिरहेको बताएका छन् ।

सप्ताहान्तमा धेरै मानिस मनोरञ्जनका लागि बाहिर जाने भएकाले उनीहरुलाई रोक्न कफ्र्युको निर्णय गरिएको केजरीवालले बताए । दिल्लीमा मानिसहरुलाई मास्क अनिवार्य गरिएको छ । सिनेमा हलमा ३० प्रतिशत मानिसहरुलाई मात्र अनुमति दिइनेछ ।

भारतको महाराष्ट्रमा पनि लकडाउन घोषणा नगरिए पनि लकडाउनमा जस्तो सामाजिक गतिविधिमा प्रतिबन्धको नियम लगाइएको छ । त्यस्तै कोरोना संक्रमण फैलिरहेका केही राज्यले सामाजिक गतिविधिमा कडाई गरेका छन् । भारतमा बुधबार एकैदिन दुई लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope