गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग


काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बिहीबार प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोलालाई भेटी विशेष अधिवेशन माग गरेको निवेदन बुझाएका हुन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गरेका थिए ।
प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गर्दै निवेदन दिएमा प्रदेश प्रमुखले बैठकको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले बिहीबारै प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराई उक्त प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका हुन् । विशेष अधिवेशन माग गर्दै पत्र बुझाउन गएका दलका नेताहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले भेट्न भने अस्वीकार गरे । उनले भेट्न अस्वीकार गरेपछि नेताहरुले प्रदेशप्रमुख कार्यालयका सचिवलाई पत्र बुझाएर फर्किएका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode