धनगढी फुटबल क्लबद्वारा किरण चेम्जोङलाई आइकोनिक’ खेलाडीमा अनुबन्ध

२ बैशाख २०७८, बिहीबार १४:४६

काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लबले किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
क्लबले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय फुटबल टिमका कप्तान किरणलाई आइकोनिक खेलाडीको रुपमा अनुवन्ध गरेको जानकारी दिएको हो । यससंगै पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलिरहेका किरणले पहिलो संस्करणको एनएसएल धनगढीबाट खेल्ने पक्का भएको हो ।

उनी गत सिजन आईलिगकै उत्कृष्ट खेलाडी घोषित बनेका थिए । किरणकै नेतृत्वमा नेपालले भर्खरै थ्री नेसन्स कपको उपाधि जितेको थियो । धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई अनुबन्धन गरिसकेको छ ।

टिमको प्रशिक्षकमा युगल किशोर राई रहने क्लबले जनाएको छ । राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य राईले एएफसीको ए लाईसेन्स प्राप्त समेत गरेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.