ओलीले कुर्सी मोह त्यागे वाम गठबन्धनको सरकार बन्न सक्ने आधार छ : नेता भुषाल

२ बैशाख २०७८, बिहीबार १६:५८

काठमाडौं । नेकपा (एमाले) नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी मोह त्यागे अझै पनि वाम गठबन्धनको सरकार बन्न सक्ने आधार रहेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले ओलीले वाम गठबन्धनको सरकार बनाउनु सट्टा महन्थ ठाकुरलाई गुहार्न गएको बताए । उनले आफुहरु वाम गठबन्धनकै सरकारको पक्षमा रहेको तर, ओलीले आफ्नै पार्टी बन्धक बनाएर विभाजनको बाटोमा लागेको भन्दै ओली वाम गठबन्धनकै विरोधी भएको आरोप लगाए ।

तर, ओलीको अहंकार र सत्तामोह हटाएर पाटी एकढिक्का पार्ने बताएका छन् । चुनावअघि नै पाटीभित्रको विवाद टुंगाएर पार्टी एकीकृत गर्ने उनको दाबी छ । ओलीले यसबीचमा बिगारेका कुराको जिम्मा लिएर बाटो खोलीदिए पार्टीभित्रको कलह हल हुने उनले बताए ।


नेता भुसालले पार्टी विभाजन रोकेर एकता प्रयत्नका लागि नै आफू सबैभन्दा धेरै लागेको बताए । ओलीले समानान्तर कमिटी बनाए पनि आफूहरु एकताकै पक्षमा भएको हुँदा २०७५ सालकै जिल्ला कमिटी पुनर्गठन गरेको भुसालले बताए ।

नेता भुसालले ओलीले लोकतन्त्रको लक्ष्मणरेखा भत्काउँदै गएको र सीताहरणको सुरुवात गरिरहेको बताए । यसका विरुद्ध जनताले सचेत हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.