जसपाको नेतृत्वमा सरकार बनाउन देउवालाई यादव–भट्टराईको प्रस्ताव


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख प्रतिपक्ष कांग्रेसलाई संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न वा वैकल्पिक सरकारमा आफ्नो नेतृत्वलाई स्वीकार गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भए जसपालाई औपचारिक निर्णय लिन सहज हुने भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासँग यस्तो प्रस्ताव राखेका हुन् ।

यादव र भट्टराई देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच पनि छुट्टै भेटघाट भएको थियो । देउवा र दाहालबीच केन्द्र र प्रदेश सरकारको गठबन्धन तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताबारे छलफल भएको कांग्रेसका एक पदाधिकारीले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope