बाँकेमा शुक्रबार गरिएको पिसिआर परिक्षणमा ७० प्रतिशत पोजेटिभ

३ बैशाख २०७८, शुक्रबार १५:१५

काठमाडौं । बाँकेमा भएका परिक्षणमा कोरोना संक्रमणदर बढेको देखिएको छ । पछिल्लो २४ घन्टामा १८३ जनाको पिसिआर परीक्षण गर्दा १२७ मा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

यसरी एकैदिन १२७ जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको अनुमान गरिएको छ । जिल्ला कोरोना फोकल पर्सन तेज वलीका अनुसार शुक्रबार परीक्षण भएकामध्ये झन्डै ७० प्रतिशतलाई कोरोना देखिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार संक्रमितमध्ये अधिकांश भारतबाट आएकाहरू छन् । बाँकेमा फेला परेका १२७ जना संक्रमित सबै बाँकेका भने होइनन् ।

स्रोतका अनुसार भारतबाट घर आएकामध्ये जमुनाहा नाकामा शंकास्पद लक्षण देखिएकाहरूसमेत पिसिआर परीक्षणका लागि नमूना दिएर घर गइसकेका छन् । उनीहरूले समुदायमा संक्रमण फैलाएको हुन सक्ने आशंका गरिएको एक स्वास्थ्य अधिकारीले बताए ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.