एकैदिन थपिए ९ सय कोरोना संक्रमित, ४ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना भाइरस (कोभिड–१९)े संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन परिक्षणमा ६४ जनामा संक्रमण देखिएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।

यसैगरी २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope