कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो


काठमाडौं । कणाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगिएको छ । एमालेले दिएको समर्थन फिर्ता लिएर अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले आज विश्वासको मत लिएको थियो ।

एमाले सांसदहरुले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो । मुख्यमन्त्रीका पक्षमा २२ मत परेको छ । आजको प्रदेशसभाको बैठकमा ३७ जना सांसदहरू सहभागी भएका थिए ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक थियो । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।

एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रहेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode