प्रधानमन्त्री ओलीले बोलाए सर्वदलिय बैठक

३ बैशाख २०७८, शुक्रबार १४:२५

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिनिधि सभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो । ओलीले बोलाएको बैठकमा संसद्को हिउँदे अधिवेशन, कोरोना संकट लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।  

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.