नेपाल र भारतबीच देखिएका समस्या मझदारीमा हल गर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच देखिएका समस्या आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्यालगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताएका हुन् ।

‘दुई देशका बीचमा केही इतिहासले बाँकी राखिदिएका, नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु रहेको भन्दै उनले सीमा लगायतका कतिपय सन्धि सम्झौताहरुमा नमिलेका विषयहरुलाई उच्च विश्वासका साथ छलफल गरेर अगाडि बढाउन सक्ने उल्लेख गरे ।

‘उनले भने पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ भयो र दुवै देश आपसी विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाइ लाग्छ, इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन’ ।

नेपालले भारतसँग भएका कुनैपनि समस्या समाधान गर्न सकिँदैन भन्ने नठानेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड– १९ विरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ अगाडि बढेको बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope