दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उहाँ यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो । सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।
शुक्रबार उहाँले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । उहाँको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उहाँलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।
यदि उहाँ संसदीय सुनुवाईबाट अनुमोदन हुनुभएको भने वर्तमान मुन सरकारको उहाँ तेस्रो प्रधानमन्त्री हुनुहुने पनि बताइएको छ । वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राख्नुभएको बताइएको छ ।
यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राख्नुभएको बताइएको छ ।
(रासस-सिन्ह्वा)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस