त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

३ बैशाख २०७८, शुक्रबार १८:२७

काठमाडौं । शनिबार शुरु हुने त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरेका हुन् ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ । सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको बताएका छन् ।

प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.