भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी दई जनाको ज्यान गयो

३ बैशाख २०७८, शुक्रबार १४:५९

काठमाडौं । शुक्रबार भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बाँकेको नेपालगन्ज घर भई काठमाडौंको पुतलीसडक बस्ने सूर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिका घर भई पुतलीसडक बस्दै आएका सुमन गिरी रहेका छन् ।

अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त मोटरसाइकललाई अन्य कुनै सवारी–साधनले ठक्कर दिई अनियन्त्रित भएर दुर्घटना भएको हो वा तीव्र गतिको कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.