सर्वदलीय बैठक जारी

४ बैशाख २०७८, शनिबार १३:१०

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको हो ।    
    
 बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाशचन्द्र लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी हुनुहुन्छ ।    
 
बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भने कोही सहभागी भएका छैनन् ।    
(रासस)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.