माओवादीको स्थायी कमिटी बैठक भोली

५ बैशाख २०७८, आईतवार १५:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन् । प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरीरहेका छन् ।

यसै क्रममा आज चितवनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आजै साझँ काठमाडौंमा महत्वपुर्ण राजनीतिक निर्णय हुन लागेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघि प्रचण्डसँग कुनै शक्ति बाँकी नरहेको टिप्पणी गरेकोप्रति उनले आक्रोससमेत पोखेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.