विद्यालय तहका परीक्षा वैशाखभित्रै गरिसक्ने व्यवस्था मिलाउन आग्रह


काठमाडौं । काठमाडौं महानगर क्षेत्रका क्रियाशील शिक्षकहरुको पेसागत संघ संगठनले विद्यालय तहका सबै परीक्षा वैशाखभित्रै गरिसक्न महानगरको ध्यानाकर्षण गराएका छन् ।

आइतबार विज्ञप्ति जारी गरी जेठको पहिलो हप्ता सञ्चालन गर्ने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखकको दोस्रो साताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकालाई ध्यानार्कषण गराएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक–पटक विज्ञप्ति जारी गरिरहेको छ भने जनस्वास्थ्य विज्ञहरू विद्यालयमा अध्ययनरत बालबालिकाहरू उच्च जोखिममा रहेको कुरा बताइरहेका छन् तथापि यसतर्फ कसैको ध्यान जान सकिरहेको अवस्था नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिनका विद्यालय तहको परीक्षा आगामी दोस्रो सातबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि तत्काल विद्यालयहरुलाई निर्देशन गर्नुपर्ने उनीहरुले माग राखेका हुन् ।

समयमै परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र नतिजा प्रकाशन पश्चात संक्रमणको अवस्था विद्यमान रहिरहे वैकल्पिक विधिबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालनका लागि विद्यालयलाइ निर्देशन गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा विद्यार्थीहरूलाई सहज तवरबाट इन्टरनेटको सुविधा प्राप्त गर्नका लागि प्रबन्ध मिलाई दिन पनि संगठनले अपिल गरेको छ ।

उनीहरुले विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीको दोस्रो लहर युके भेरियन्ट पछिल्लो समय नेपालमा पनि तीव्र फैलिरहेको हुँदा विषम परिस्थितिमा राज्यका जिम्मेवार निकायहरू संवेदनशील नदेखिनु विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode