२४ घण्टामा झण्डै ११ सय संक्रमित थपिए


काठमाडौं । गत २४ घन्टामा देशभर १ हजार ९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । ५ हजार ८४ जनाको पिसिआर र ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

२४ घण्टामा थपिएका संक्रमितमध्ये आधा काठमाडौं उपत्यकाका रहेका छन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा २६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७५ हजार तीनसय जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हाल ६ हजार २९० जना सक्रिय संक्रमित छन् । भने ८५ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घन्टामा देशभर ८ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope