अयोध्यापुरी रामको जन्मभूमि अनुसन्धानबाट प्रमाणित गर्नुपर्छ : दाहाल


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टले धर्म–संस्कृति मान्दैनन् भन्ने कुरा बिल्कुलै झुटो रहेको बताएका छन् । माडीको अयोध्यापुरीमा बन्दै गरेको मन्दिरलगायत संरचना निरीक्षण गर्दै अध्यक्ष दाहालले कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताए ।

उनले अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने पनि बताए । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपछि उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै दाहालले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’ यसले धार्मिक प्रवर्द्धन मात्रै होइन, धार्मिक पर्यटन प्रवर्द्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए ।

यसबारे आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रामाणिकता दिन पुरातत्त्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’ यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिंगो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो ।

यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उनको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढंगले लिनुपर्ने दाहालले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode