गृहमन्त्री बादलको पुनः नियुक्ति, साँझ ५ बजे शपथ


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमा पुनः नियुक्त गरेका छन् ।
बादलले आइतबार साँझ पाँच बजे राष्ट्रपति निवासमा गृहमन्त्रीका रुपमा शपथग्रहण गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संघीय संसदको सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनः नियुक्ति गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले बादललाई पद मुक्त गर्न मागसहित दर्ता गरेको पत्रका आधारमा आइतबारदेखि लागु हुने गरि उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको जानकारीसहितको सूचना संघीय संसद सचिवालयले निकालेको छ ।

बादल २०७४ सालको चुनावमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।
माओवादी र एमाले विचको भएको एकता सर्वोच्चको आदेशले खारेज भएपछि एमालेमै लागेका थिए । पार्टी परिवर्तन गरेकाले माओवादी केन्द्रले बादललाई कारवाही गरेको गरी सांसदबाट पद मुक्त गर्न माग पत्र सचिवालयमा दर्ता गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope