वैज्ञानिकले माकुराको जालोलाई म्युजिकमा परिणत गरे

५ बैशाख २०७८, आईतवार ०९:१६

काठमाडौं । वैज्ञानिकहरुले माकुराको जालोलाई ‘म्युजिक’ मा परिणत गर्न सफल भएका छन् । ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)’ का वैज्ञानिकहरुले माकुराको जालोमार्फत हामीले तिनीहरुसँग अन्तरक्रिया पनि गर्न सकिने दावी गरेका छन् । यसमार्फत माकुराले जालो बनाउने जटिल कलालाई राम्ररी बुझ्न समेत मद्दत मिल्ने उनीहरुको भनाइ छ ।

उक्त एमआइटी टिमले बर्लिनमा आधारित कलाकार तोमस साराथेनोसँग सहकार्य गर्दै माकुराको जालोको ‘टु–डाइमेन्सन’ लेजर स्क्यान लिएका हुन् जसलाई पछि एकसाथ मिलाएर गणितीय मोडलमा परिणत गरिएको थियो । त्यसै मार्फत जालोलाई थ्रीडी भर्चुअल रियालिटीमा पुनःनिर्माण गरिएको हो । यसमा उनीहरुले एमआइटीको म्युजिक विभागसँग सांगीतिक बाजा, हार्प जस्तो भर्चुअल साधन सिर्जना गर्न एकसाथ काम गरेका हुन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.