होटल तथा रेष्टुरेन्टलाई समयसिमा

६ बैशाख २०७८, सोमबार १८:१८

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने नियम बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद निणृय सार्बजनिक गर्दै जानकारी गराएका हुन् । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.