२४ घण्टामा १२ सय २७ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

६ बैशाख २०७८, सोमबार १६:५४

काठमाडौं । गत २४ घण्टामा १ हजार २ सय २७ जना कोरोनाका संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । मन्त्रालयका अनुसार सोमबार सबैभन्दा बढी काठमाडौंमा ५ सय ५ जनामा संक्रमण देखिएको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ७ हजार २ सय ५४ जना आइसोलेसमा रहेका छन् भने ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.