लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको हो ।
भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको जानकारी दिए ।
प्रदेशसभामा अहिले ८५ सदस्य छन् । सरकार बनाउन ४३ प्रदेश सभाका सदस्यको हस्ताक्षर आवश्यक पर्छ । जनता समाजवादीकी कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले हस्ताक्षर गरेका छैनन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशमा माओवादीले दुई सांसदको पद निलम्बन गरेपछि ८५ सांसद छन् ।
सचिवालयका सचिव पुनले कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ जनाको हस्ताक्षर रहेको बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस