सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक

६ बैशाख २०७८, सोमबार १५:३८

काठमाडौं । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको उल्लेख छ ।

यो आदेशअनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जना मात्रै सहभागी हुन पाउने नियम बनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.