सोमबार घट्यो नेप्से परिसूचक


काठमाडौं । सोमबार नेप्से परिसूचक ३७ दशमलव ५८ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ९३ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार ८ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । सेयर बजारमा कारोबार हुने समूहहरु मध्ये हाइड्रोपावर र फाइनान्स समूहको सव–इन्डेक्स बढेका छन् भने बाँकी घटेका छन् ।

समग्रमा बजार घटेपनि केही कम्पनीहरुको सेयर मूल्यमा निकै राम्रो सुधार देखिएको छ । सोमबार धेरै कमाउनेमा ज्योती लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात ६२ रुपैयाँले बढेको छ ।

यसैगरी धेरै सेयर मूल्य वृद्धि हुने दोस्रो नम्बरमा महिला लघुवित्त वित्तीय संस्था देखिएको छ । १ हजार ४ सय ६० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको महिला लघुवित्तको ९.९४ प्रतिशत अर्थात १३२ रुपैयाँले सेयर मूल्य वृद्धि भएको छ ।

यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर, एनआईडीसीएल र लिवर्टी इनर्जीको पनि सेयर मूल्य राम्रो वृद्धि भएको छ । सेयर मूल्य धेरै घट्नेको पहिलो नम्बरमा भने चन्द्रागिरि हिल्स लिमिटेड देखिएको छ । यसको सेयर मूल्य २३६ रुपैयाँले घटेर २ हजार १ सय ७३ रुपैयाँमा आइपुगेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope