ठूला शहरका विद्यालयमा भर्चुअल पढाइ हुने


काठमाडौँ । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला शहरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो ।

मन्त्रालयले मोरङ, पर्सा, बारा, काठमाडौंँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत र कैलाली कोभिड–१९ अतिप्रभावित जिल्ला तोकेको थियो ।
(रासस)


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode