सरकारलाई दिएको समर्थन फिर्ता लिई लुम्बिनीमा माओवादीका २ मन्त्रीको राजीनामा


काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माओवादीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादीका दुई मन्त्रीले पनि राजीनामा दिएका छन् ।

माओवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रदेश प्रमुख सचिव भरतमणी सुवेदीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

यसअघी आज नै कांग्रेस, माओवादी र जसपासहितका ४१ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

केसीलाई कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफूहरु दुवै जनाले मन्त्री पदबाट सोमबार नै राजीनामा दिएको बताए । मुख्यमन्त्री शंकर पोखरेल सोमबार कार्यालयमा गएका छैनन् ।

निवासमै राजीनामा दिन मन्त्रीहरु जाने प्रयास गरे पनि मुख्यमन्त्री पोखरेलले समय उपलब्ध नगराएपछि प्रदेश प्रमुख सचिवसमक्ष राजीनामा बुझाएको मन्त्री बरालले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode