१६ सय ६७ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरिएको ८ हजार ५५ पीसीआर परीक्षणबाट मंगलबार १६ सय ६७ जना संक्रमित फेला परेको हुन् । त्यस्तै ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट जम्मा १७ सय ३६ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

२४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । सक्रिय संक्रमित ८ हजार ६ सय ५९ छन् भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope